२०८० असोज ९ गते मङ्गलवार

माटोको ढिस्कोले पुरिएर जाजरकोटमा एक महिलाको मृत्यु



जाजरकोट । माटोको ढिस्कोले पुरिएर सोमबार जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । सडक छेउमा जाली लगाउनलाई फाउण्डेसन खन्नेक्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ति महिलाको मृत्यु भएको हो ।

छेडा–कचाली सड्क खण्डमा ¥याप थ्रिद्धारा संचालित सडक र्ममत कार्यक्रममा काम गरिरहेकी ४६ बर्षिय शिवालय गाउँपालिका–९ कि बिर्मी वुढा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।

सडकमा काम गरिरहेको अबस्थामा माटोको ढिस्कोले पुरिएर मृत्यु भएपछि पोष्टमार्टमको लागि मृतक वुढाको सब जिल्ला अस्पतालमा पुर्याईएको जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए । मृतकको लास व्यवस्थापन गर्नुको साथै काजक्रिया खर्च व्यवस्थापन गाउँपालिकाले गर्ने शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले बताएका छन् ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?