२०८१ बैशाख ६ गते बिहिवार

अमेरिकी व्यापारीले शरीरबाट स्टेम सेल निकालेर पुनः ट्रान्सप्लान्ट गराए, यसो गर्दा १८० वर्ष बाँचिने दाबी



एजेन्सी । अमेरिकी व्यापारी तथा न्यूयोर्क टाइम्सका बेस्टसेलिङ राइटर डेव एस्प्रले आफ्नो शरीरको बोन म्यारोबाट स्टेम सेल निकालेर यसलाई पुनः ट्रान्सप्लान्ट गराएका छन् ।

शरीरको बायोलोजिकल क्लकलाई उल्टो घुमाउनका लागि गरिएको यो बायोह्याकिङमार्फत् उनी १८० वर्षसम्म बाँच्न चाहन्छन् । यो तरिका भविष्यमा मोबाइल फोनको झैं चलनमा आउने उनले दाबी गरेका छन् । ४७ वर्षका डेव सन् २१५३ सम्म बाँच्न चाहन्छन् ।

यसका लागि उनी कोल्ड क्रायोथेरापी चेम्बर र इन्टरमिटेन्ट फास्टिङको तरिका पनि अपनाइरहेका छन् । डेवका अनुसार ४० वर्षभन्दा कम उमेर भएकाहरुले यो तरिका अपनाएको खण्डमा उनीहरु सय वर्षमा पनि खुसी र अत्यधिक सक्रिय रहन सक्छन् ।

डेवले अहिलेसम्म यो प्रविधिमा ११.८६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । उनी यसो गरेर शरीरको पूरै प्रणालीलाई उत्कृष्ट बनाउन चाहन्छन् । उनी भन्छन्, ‘मैले खानामाथि नियन्त्रण गरेर, सुत्ने थरिका परिवर्तन गरेर र बुढेसकाल रोख्ने तरिका अपनाएर आफूलाई यस्तो बनाएको छु कि शरीरमा निकै कम जलन (इन्फ्लेमेशन) होस् ।’

उमेरबारे चलिरहेको छ अनुसन्धानः

स्टेम सेल ट्रान्सप्लान्ट गराउने बारे डेव भन्छन्, ‘जब हामी जवान हुन्छौं, शरीरमा करोडौं स्टेम सेल हुन्छन् । जसरी उमेर बढ्दै जान्छ, स्टेम सेल नष्ट हुन थाल्छ ।

त्यसैले म इन्टरमिटेन्ट फास्टिङ) (अन्तरालमा भोजन र ब्रत) अपनाउँछु । यस्तोमा जब शरीरले खाना नपचाइरहेको अवस्थामा यो आफैं मर्मत भइरहेको हुन्छ ।’

डेव क्रायोथेरापीमा पनि विश्वास गर्छन् ।

क्रायोथेरापी कोल्ड थेरापीको नामले पनि परिचित छ । यो शरीरको क्षतिग्रस्त तन्तुलाई कम तापक्रममा उपचार गर्ने प्रक्रिया हो । रोचक कुरा के छ भने हार्वर्ड युनिभर्सिटीका वैज्ञानिक मार्क एलनले स्टेम सेलसँग उमेरसँग जोडिएको जटिलतालाई कम गर्नका लागि कम्पनी बनाएर काम सुरु गरिसकेका छन् ।

हार्वर्ड कै स्टेम सेल एण्ड रिजनरेटिव बायोलोजीका प्राध्यापक एमी वेगर्स पनि यसबारे अनुसन्धान गरिरहेकी छिन् र प्रोटिनले कसरी उमेर परिवर्तन गर्छ भन्ने बारे जानकारी लिइरहेकी छिन् ।

तौल घटाउन मद्दत गर्ने बुलेटप्रुफ कफी सार्वजनिकः

१७ वर्ष अघि तिब्बतमा ट्रेकिङ गर्दा जब डेवको स्वास्थ्य बिग्रियो तब उनलाई चौरीको दुधको चिया खुवाइएको थियो । यसले उनलाई नयाँ ऊर्जा प्रदान गरेको महसुस भयो ।

यसै आधारमा उनले अमेरिकामा बुलेटप्रुप कफी लञ्च गरे । यो एमसीटी तेल र नौनीबाट बनाइन्छ । यो बिहान पिउँदा तौल कम हुन्छ । डा. ट्रुडी डिकिनका अनुसार एक कप सामान्य कफीमा ५ सय क्यालोरी हुन्छ ।

बुलेटप्रुफ कफीमा कार्बोहाइड्रेट हुँदैन । यसले इन्सुलिनलाई प्रतिक्रिया गर्न दिँदैन र मेटाबोलिजम बढाउँछ । यसमा भएको तेलले बोसो कम गर्न मद्दत गर्छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?