२०७८ कार्तिक २ गते मङ्गलवार

आजबाट ट्रम्पविरुद्ध सीनेटमा महाअभियोग चलाइने



अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आज (मंगलवार) देखि महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुनेछ ।

नेपाली समयानुसार कारबाही राती ११ः३० बजेबाट शुरु हुनेछ । अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाही सहीरहनुपरेको छ ।

ह्वाइट हाउसमा बिदा भएपछि पनि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार