२०८० असोज ७ गते आइतवार

एपीएफलाई हराउँदै पुलिसको सानदार सुरुवात



पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सानदार सुरुवात गरेको हो ।

विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २६-२४, २५-२२ र २५-११ को सेटमा जित निकाल्यो । जितसंगै पुलिसले ३ अंक जोडेको छ । एपीएफले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत नै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्यु डाईमण्डसँग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ । यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?