२०८० जेष्ठ १९ गते शुक्रवार

प्रेमिकालाई जिउँदै जलाएर मार्न खोज्ने युवकको जलेर मृत्यु



भारत: आफ्नी प्रेमिकालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका एक युवकको आफैं जलेर मृत्यु भएको छ ।

घटना भारतको मुम्बइको मेघवाडी क्षेत्रमा भएको हो। त्यहाँ एक प्रेमिले प्रेमिकाको शरीरमा पेट्रोल छर्केर आगो त लगाए तर गर्लफ्रेण्डले तत्कालै उनैलाई कसेर अंगालोमा बाँधिन् ।

त्यसपछि दुवै जल्न थाले। ब्वाइफ्रेण्डको जलेर मृत्यु भएको छ। गर्लफ्रेण्डको अवस्था भने गम्भीर छ। उनी अस्पतालमा उपचारत छिन् । प्रहरीका अनुसार विजय नामका मृतक र घाइते महिला अढाइ वर्षदेखि परिचित थिए ।

विजय महिलासँग बिहे गर्न चाहन्थे तर विवाहको प्रस्तावलाई महिलाका परिवारले अस्वीकार गरेका थिए । त्यसपछि विजय पेट्रोलको बोतल लिएर महिलाको घरमा पुगे। विजयले पूरै बोतलको पेट्रोल महिलामाथि खन्याए र आगो लगाइदिए । मुम्बइ मिरर

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?