
इन्डोनेशिया: इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ । शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो ।
सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ । सामाजिक सञ्जालमा हजारौँले रातो पानीका विभिन्न तस्बिर हालेका थिए। स्थानीय अधिकारीले नी तस्बिरहरू सही भएको पुष्टि गरेका छन् ।
“यो रातो पानी बाटीक कारखानाका कारण भएको हो,“ स्थानीय अधिकारी दिमस अर्गा योधाले रोयटर्स समाचारसंस्थालाई बताए। “वर्षाको पानीसँग मिसिएपछि केही समयपछि यो हराउँछ।“
इन्डोनेशिया बाढीले धेरै प्रभावित हुने देशमध्ये हो । –बीबीसी नेपाली
प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार