२०८० चैत्र १५ गते बिहिवार

प्रचण्डको योजनामा धक्का, काँग्रेस संयुक्त आन्दोलनमा नजाने



काठमाडाैं । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध संयुक्त आन्दोलन गर्न काँग्रेस तयार नभएपछि नेकपाको प्रचण्ड–नेपाल समूहको योजनामा धक्का लाग्ने देखिएको छ ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड लगायतले फागुन पहिलो सातादेखि केपी ओलीको कदम विरुद्ध संयुक्त आन्दोलन गर्ने बताउँदै आएका थिए । तर कान्तिपुर दैनिकले प्रचण्ड–नेपाल समूहको सो प्रस्ताव स्वीकार नगरेको खबर छापेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा मतान्तर देखिएपनि संयुक्त आन्दोलनको विषयमा भने काँग्रेसमा एउटै दृष्टिकोण रहेको छ । काँग्रेस महामन्त्री डा शशांक कोइरालाले सोमबार काँग्रेस संयुक्त आन्दोलनका लागि तयार नभएको जनाउ दिइसकेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?