२०८० जेष्ठ १९ गते शुक्रवार

प्रधानमन्त्री ओली राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दैछन्- शक्ति बस्नेत



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् ।

सोमबार शहिद बेपत्ता योद्दा परिवार, बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको बिरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताए ।

प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीका संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्तिलगायतलाई क्रियाकलाप हेर्दा सामान्य लोकतान्त्रिक मूल्य मान्यतालाई पनि सम्मान नगरेको नेता बस्नेतले दाबी गरे।

ओलीको जनबिरोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उनको भनाई छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए । संसद पुनस्थापना पहिलो प्राथमिकता रहेको नेता बस्नेतले दोहोर्‍याए।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?