२०७८ असोज ११ गते सोमवार

झुम्काले गर्दा कानमा ठुलो प्वाल परेर परेर तनावमा हुनुहुन्छ ? यसरी सजिलै हटाउनुहोस्



काठमाडौँ ।  सामान्यतया युवतीहरु झुम्का लगाउन मन पराउँछन् । साधारण र उत्तम देखीनुको साथ, युवतीहरले उनीहरूको पोशाकलाई अझ राम्रो रूप दिन ठूलो झुम्का लगाउन मन पराउँछन् ।

कानको ठूला झुम्का तपाईंको लुकमा थप गर्दछ। तर कानमा ठूला झुम्का लगाउँदा कानका प्वालहरू ठूला हुन्छन् र कानहरू झर्काउँछन् । हामी धेरै कोसीस गर्छौ कि हाम्रो कानको ठुलो प्वाल सानो बनोस् तर कुन तरिका अबलम्बन गर्दा ठिक हुन्छ यो बुझ्न सकिँदैन ।

त्यसैले आउनुहोस् जानौँ कोलगेट टुथपेस्टको सहायताले कानको प्वाललाई कसरी पहिलाको जस्तै राख्न सक्छौ त ? कानको प्वाल ठुलो हुनाले तपाईको सुन्दरतालाई खल्लो बनाइदिन सक्छ । कुनै पटक यस्तो हुन्छ कि जहाँ तपाईले कान छेड्नुभएको हुन्छ त्यहाँ नै धेरै जोड परेको हुनछ जसका कारण कानको प्वाल ठुलो हुन्छ वा च्यातिन्छ ।

टुथपेस्टको साथ प्वाल बन्द गर्नुहोस्

के तपाइँलाई थाहा छ कि टुथपेस्ट प्रयोग गरेर, तपाइँको कानको प्वाल बन्द गर्न सक्नुहुन्छ। हो, तपाईं सजिलैसँग कोलगेट वा कुनै अन्य सेतो टूथपेस्ट प्रयोग गरी प्वालहरू बन्द गर्न सक्नुहुनेछ।

कसरी प्रयोग गर्ने त ?

सामान्य रुपमा कानको प्वाल बन्द गर्न, सबैभन्दा पहिले रातमा तपाईले कानमा टेप राख्नुहोस् ताकि यो सजिलैसँग नहटोस् अब कानको प्वालमा टुथपेस्ट भर्नुहोस् र यसलाई सफा पानीले सफा गर्नुहोस् ।

रातभरि रहनदिनुहोस् रहिसकेपछि, यसलाई बिहान सफा पानीले धुनुहोस्। केही समयपछि सामान्य मोइश्चराइजर वा लोशनको प्रयोग पनि गर्नसक्नुहुन्छ ।

किनकी टूथपेस्टले तपाईको स्किनलाई सुख्खा गराइदिन्छ तर ध्यान दिनुहोस् कि जब तपाई यो उपाय अपनाइरहनुहुन्छ त्यतिबेला झुम्का नलगाउनुहोस् यो विधि तब अपनाउनुहोस् जब तपाईको इच्छा हुन्छ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार