२०८० मङ्सिर १३ गते बुधवार

कक्षा १२ को नतिजामा साउथ एसीयनका गणेशप्रसाद जैशी कर्णाली प्रथम



सुर्खेत । वीरेन्द्रनगर ३ स्थित तातापानीमा रहेको साउथ एसियन स्कार्लास एकेडेमी कक्षा १२ को रिजल्टमा कर्णाली प्रदेशकै प्रथम भएको छ । २०७६ सालको माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याएर एकेडेमी कर्णालीकै प्रथम भएको हो ।

एकेडेमीबाट विज्ञान र व्यवस्थापन संकायमा ३ सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये विज्ञान संकाय तर्फ प्रदेश प्रथम हुनसफल गणेशप्रसाद जैशीले ३.७९ जीपीए ल्याएको विद्यालय प्रशासनले जनाएको छ । यस्तै बिमल घिमिरेले ३.७९ जीपिए ल्याएर प्रदेश दोस्रो भएका छन् ।


व्यवस्थापन संकाय तर्फ तारा आचार्यले ३.७६ जीपीए ल्याएर प्रदेश प्रथम भएकी छन् । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको नतिजा आएसँगै ए प्लस जीपीए नतिजा प्राप्त गर्ने ९ जना, ए जीपीए नतिजा प्राप्त गर्ने २७ जना र शतप्रतिशत नतिजा प्राप्त गर्नमा तीनसय ३६ विद्यार्थी सफल भउका छन् । जसमध्ये बी प्लस जीपीए नतिजा प्राप्त गर्ने १ सय १६, वी जीपीए नतिजा प्राप्त गर्ने १ सय ८ विद्यार्थी र सी प्लस जीपीए नतिजा प्राप्त गर्ने ३९ विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?