२०८० जेष्ठ १९ गते शुक्रवार

प्रदेश १ प्रदेशसभा बैठकः कार्यसूचीमै प्रवेश नगरी स्थगित, अर्को बैठक फागुन ९ गते



काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभाको बैठक २ मिनेट बसेर फागुन ९ गते दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।

बैठक सुरु भएपछि प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाही गरिएका सांसदहरूलाई हलमा प्रवेश दिएको भन्दै उठेर विरोध जनाएपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले बताए।

आइतबार २ बजे बस्ने भनिएको बैठक कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा निर्धारित समयमा शुरू हुन सकेको थिएन । मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो । आज मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?