२०७७ फाल्गुन १६ गते आइतवार

वेस्ट इन्डिजका पूर्व बलरको निधन



एजेन्सी । वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व फास्ट बलर एज्रा मोसेलीको निधन भएको छ । बार्बाडोसमा सडक दुर्घटनामा परेर बलर मोसेलीको ६० वर्षको उमेरमा निधन भएको हो ।

मोसेलीले सन् १९९० मा इंग्ल्यान्डविरुद्ध दुई टेस्ट खेलेका थिए । यस्तै उनले ९ एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए । मोसेलीले कुल ७६ खेलमा २ सय ७९ विकेट लिएका थिए । लिस्ट ए मा उनले ७९ खेलमा १ सय २ विकेट लिएका थिए ।

सन् २०१६ मा भारतमा आयोजना भएको आईसीसी टी-ट्वान्टी विश्वकपमा उनी वेस्ट इन्डिजको सहायक प्रशिक्षक रहेका थिए । उक्त संकरणमा वेस्ट इन्डिज च्याम्पियन बनेको थियो । मोसेली बार्बाडोस महिला टिमको प्रशिक्षक रहेका थिए ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार