२०८० चैत्र १५ गते बिहिवार

तस्करी रोक्ने असईमाथि कुटपिट



काठमाडौं : तस्करी रोक्न खोज्ने एक प्रहरीमाथि कुटपिट भएको छ। मोरङको जहदाँ गाँउपालिकामा तस्करले आक्रमण गर्दा असई(प्रहरी सहायक निरीक्षक) रामकुमार माझी घाइते भएका हुन् ।

गाँउपालिका हुँदै भारततर्फ डिजेल लैजाने क्रममा शनिबार साँझ तस्करले आक्रमण गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तस्करी गरेर भारततर्फ डिजेल लैजाँदै गर्दा गाँउपालिका–७ का २१ वर्षीय बब्लु साहले प्रहरी चौकी मझारेका प्रमुख एवं इन्चार्ज माझीमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । साहलाई पक्राउ गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?