२०८० चैत्र १६ गते शुक्रवार

सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु



सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार माघ १५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको उनले बताए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको उनले बताए ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?