
दुर्घटना वा अचानक शारीरिक समस्या जुनसुकै बेला सामना गर्नुपर्ने हुन्छ । त्यसैले यसबारे हामी पूर्व तयारी अवस्थामा रहनुपर्छ । खासगरी मानसिक रुपले ।
जस्तो कि, कुनै दुर्घटना भयो । गंभिर घाइते देखियो भने तत्काले के गर्ने ? कोहि हिँड्दा हिँड्दै अचानक लड्न पुग्यो भने के गर्ने ? कसलाई सर्पले टोक्यो भने तत्काल के गर्ने ?
यावत अवस्थामा हामीले धैर्यतापूर्वक काम लिनुपर्छ । यदि अचानक कुनै समस्या आयो भने त्यस अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने सम्बन्धमा थाहा हुनुपर्छ ।
अचानक मुटुको समस्या भए
-पीडितलाई यस्तो अवस्थामा राखौ, जहाँ उसले एकदमै आरम महसुष गर्न सकोस् ।
-जमिनमा सिधा पोजिसनमा सुताउनुपर्छ । घुँडा थोरै उठाइदिनुपर्छ ।
-पीडितको होस रहोस् । त्यसैले उसलाई खुला हावामा राख्नुपर्छ ।
-उसको धड्कन, रक्तचाप, कन्शियसनेस आदिको स्तर बेलाबेला चेक गर्नुपर्छ ।
-यदि व्यक्तिलाई सास लिन समस्या भइरहेको छ भने, पीठ्युमा सिरानी राखेर थोरै उठाइदिनुपर्छ ।
-तुरुन्तै चिकित्सकलाई सम्पर्क गरेर औषधी दिनुपर्छ ।
-इमर्जेन्सी महसुष हुनसाथ तुरुन्त एम्बुलेन्स बोलाउनुपर्छ ।
अस्थमा अट्याक
-व्यक्तिलाई आरमदायक स्थितीमा कुर्सीमा बसाउने । सुताउनु हुँदैन ।
– पीडितलाई एक्लै नछाडौ । आसपासमा भिड नगरौ ।
-अस्थमा पीडितले सधै आफुसँग इन्हेलर र रिलिभर पफर राखेका हुन्छन्, त्यसैले ढिला नगरी रिलिभर पफ दिनुपर्छ ।
बेहोस भएमा
– पीडितलाई खुला हावा आउने स्थानमा राखौं । आसपासमा भिड नगरौं ।
– खुट्टामा दुई तीन वटा सिरानी राखेर अग्लो बनाइदिनुपर्छ ।
-यदि हात खुट्टा चिसो भयो भने, तताइदिनुपर्छ । मसाज गरिदिनुपर्छ ।
– पानी, कागति पानी आदि पिउन दिनुपर्छ ।
हड्डी भाँचिएमा
-चोट लागेको ठाउँमा सपोर्ट नदिई यताउता हल्लाउन हुँदैन । त्यहाँ कुनै किसिमको दबाव पनि दिनु हुँदैन ।
– यदि हल्लाउनु परेमा, भाँचिएको ठाउँमा कुनै कार्टुन आदिले सपोर्ट गर्ने । र, त्यसमा सावधानपूर्वक कपडाले बाँध्नुपर्छ ।
– सुन्निएको कम गर्न तथा दुखाई कम गर्न आइस प्रभावित ठाउँमा बरफले रगड्नुपर्छ ।
– कुनै असाइनमेन्ट बिना तेलले मालिस नगरौ ।
आगोले जलेको अवस्थामा
-कपडामा आगो लाग्यो भने यता उता भाग्नु होइन, बरु जमिन रोल गर्नुपर्छ ।
-जलेको व्यक्तिमा पानी हाल्ने होइन, बरु कम्बलले लपेट्नुपर्छ ।
– पीडितलाई सुरक्षित स्थानमा लगेर कपडा परिवर्नत गरिदिनुपर्छ ।
– जलेको ठाउँमा बरफ लगाउने गल्ती गर्नु हुँदैन । बरु चिसो पानी हाल्नुपर्छ ।
– जलेको ठाउँमा कम दुखाई वा कम जलन होस् भन्नका लागि घिउकुमारी जेल लगाइदिनुपर्छ ।
सडक दुर्घटनामा
-रगत बगिरहेको छ भने त्यसलाई रोक्नका लागि रगत बगिरहेको ठाउँलाई जोरसँग दबाउनुपर्छ । वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।
-दुर्घटनाग्रस्त व्यक्तिको सास र मुटुको चाल जाँच गर्नुपर्छ ।
-सडक दुर्घटनाको क्रममा टाउको वा मेरुदण्डमा चोट लाग्यो भने धेरै हलचल गर्न दिनु हुँदैन ।
– धेरै हतास भयो वा छटपटी भयो भने पीडितको हात र खुट्टामा मसाज गरिदिनुपर्छ ।