२०८१ बैशाख ७ गते शुक्रवार

नारायणहिटी खाली गरी राजा ल्याउन दबाव दिदैँ सुर्खेतमा वीर गोर्खालीको प्रर्दशन



सुर्खेत । नारायणहिटी दरबार खाली गरी राजा ल्याउन दबाव दिदैँ सुर्खेतमा वीर गोर्खालीले प्रर्दशन गरेका छन् ।

हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ, नारायणहिटी खाली गर ।  राजतन्त्र जिन्दाबाद, गणतन्त्रण मुर्दाबाद, हिन्दुराज्य कायम गर लगाएतका नारा लगाउँदै वीर गोर्खालीले प्रर्दशन गरेका हुन् ।

वीर गोर्खाली सुर्खेतका संयोजक सौगातविक्रम सिंहका अनुसार राजतन्त्रको पक्षमा समर्थन जनाउँदै वीर गोर्खाली पक्षधरले सरकारको विरोध जनाएका हुन् ।  वर्तमान सरकारले जन भावना र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकार फालेर राजा ल्याउनुपर्ने उनको भनाइ छ ।

हाल सयौं राजाहरुले देश लुटेर खाएको तर्क गर्दै देश विकासका लागि एउटै राजा बनाउन आवश्यक रहेको उनको दावी छ । साथै वीर गोर्खाली समर्थकले पहिले राजा तथा वर्तमान सरकारका मन्त्रीहरु बस्ने नारायणहिटी दरबार खाली गरी राजा ल्याउन दबाव दिएका छन् ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?