२०८० चैत्र १६ गते शुक्रवार

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु



मकवानपुर । मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए। उनको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

उनका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?