सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर आधिकारिकता र सूर्य चुनाव चिह्नको विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले सूर्य चिह्नसहित छुट्टाछुट्टै प्रदर्शन र भेला गरिरहेका छन् ।

राजनीतिक आस्था जोडिएको, पार्टीको चुनाव चिह्न अंकित झण्डा फोहोरको डंगुरसँगै फाल्न मनले नमानेपछि अभियान्ता खनालले झण्डा सकुशल लैजान आग्रह गर्दै फेसबूक लाइभ गरे । तर झण्डा लैजान कोही आएनन् ।
फोहोरमा भेटिएको झण्डा के गर्ने भनेर अभियान्ताबीच छलफल हुँदा सम्बन्धित पार्टी कार्यालयमा बुझाउने समझदारी बन्यो । त्यसपछि केपी खनाल सहितको टोलीले नेकपाका पार्टी कार्यालय पेरिसडाँडा र धुम्बाराही पुगेर झण्डा बुझाएको छ ।