२०८० मङ्सिर २१ गते बिहिवार

बायर्नलाई हेर्थाको चुनौती



एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज लिग लिडर बायर्न म्युनिखले हेर्था बर्लिनसँग प्रतिस्पर्धा गर्दैछ । बायर्नले हेर्थासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा बायर्न सहज जितको खोजीमा हुनेछ । तुलनात्मक कमजोर टिम हेर्थाविरुद्ध बायर्नले सहज जित निकाल्ने अपेक्षा समेत गरिएको छ ।

बायर्न १९ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हेर्थालाई पराजित गरेमा बायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने छ ।

दोस्रो स्थानको आरबी लाइपजिगको ३८ अंक रहेको छ । हेर्था पनि घरेलु मैदानमा अप्रत्यासित जितको खोजीमा हुनेछ ।

बायर्नलाई हराएर हेर्था अंक तालिका समेत सुधार गर्न चाहन्छ । हेर्था १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?