२०८० जेष्ठ २६ गते शुक्रवार

दुवाथनल सिरिजको तेस्रो संस्करण बज्रबाराहीमा



काठमाडौं । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी ट्राईयाथलन अन्तर्गत तेस्रो चरणको क्रस दुवाथलन सिरिज शनिबार आयोजना हुँदैछ ।

सिरिज ललितपुरको चापागाँउस्थित झरुवारासी बज्रबाराहीमा भोलि माघ २४ गते शनिबार आयोजना हुनेछ ।  यस अघि २.५ कि.मि. दौड १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौडको सिरिज अन्तरगतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुरानो सहर टोखामा आयोजना भईसकेको छ भने दोस्रो चरणको च्याम्पिनसिप माघ १० गते ऐतिहासिक सहर किर्तिपुरमा आयोजना भई सकेको छ ।

सिरिज अन्तर्गतको क्रस दुवाथलन प्रत्येक दुई हप्ताको अन्तरमा टोखा, किर्तिपुर र ललितपुरमा आयोजना गरिने छ ।यसै अन्तर्गतको तेस्रो चरणको च्याम्पियनसिप भोली शनिबार आयोजना हुन लागेको हो ।

चौथो फेरि टोखामा र पाँचौ किर्तिपुरमा आयोजना हुनेछ भने छैटौं च्याम्पियनसिप उपत्यका बाहिर पोखरामा आयोजना हुने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

नेपाल ट्राईयाथलन संघको स्थापना पश्चात संघको एकल पहलमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आईरहेको अवस्थामा जम्प नेशन ट्राईयाथलन संग जोडिन आई पुगेको छ ।

माध्ययमबाट स्वस्थ नागरिक र नव खेलाडी उत्पादन गर्दै खेल समुदायको निर्माण गर्ने उद्धेश्यले स्थापना भएको जम्प नेशनले ट्राईयालन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगिताहरुमा ब्यवस्थापनको कार्य गर्ने गरि सहकार्यमा आएको हो ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?