२०८१ बैशाख ७ गते शुक्रवार

पीएसएल हेर्न रंगशालामा दर्शकलाई अनुमति



एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट दर्शकसहितको रंगशालामा आयोजना हुने भएको छ ।पाकिस्तान सरकारले पीएसएलको नयाँ सिजनमा दर्शकलाई रंगशाला प्रवेशको लागि अनुमति दिएको छ ।

कोरोना भाईरसको महामारीको कारण यस अघिका प्रतियोगिता बन्द रंगशालामा आयोजना हुँदै आईरहेको छ । तर, पाकिस्तानको नेसनल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसीओसी) ले पीएसएलको नयाँ सिजन सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति दिएको हो ।

पाकिस्तानको फ्रेन्चाईच लिग फेब्रुअरी २० बाट सुरु हुँदैछ । एनसीओसीले रंगशालाको दर्शक क्षमताको २० प्रतिशतलाई मैदान पुगेर खेल हेर्न अनुमति दिएको छ ।

जसअनुसार कराचीमा ७ हजार ५ सय दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् । यस्तै लाहोरमा ५ हजार ५ सय दर्शकले मैदानमा प्रवेश पाउने छन् । प्ले अफ र फाइनलमा भने मैदान प्रवेश पाउने दर्शकको संख्या बढाईने बताईएको छ ।त्यसको लागि पाकिस्तान क्रिकेट बोर्डले एनसीओसीसँग गरिरहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?