
एजेन्सी । इंग्ल्यान्डका कप्तान जोय रुटले टेस्ट क्रिकेटमा आफ्नो १०० खेल पुरा गरेका छन् । घरेलु टिम भारतविरुद्धको पहिलो टेस्टसंगै कप्तान रुटले १०० टेस्ट खेल पुरा गरेका हुन् ।
रुट १०० टेस्ट खेल पुरा गर्ने इंग्ल्यान्डका १५ औं खेलाडी हुन् । उनले सन् २०१२ मा भारतविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।
रुटले शतकीय टेस्ट पुरा गरेको खेलमा इंग्ल्यान्डले सुरुवातमा ब्याटिङ थालेको छ । चेन्नईमा टस जितेर इंग्ल्यान्डले सुरुवातमा ब्याटिङ रोजेको छ । भारतविरुद्ध इंग्ल्यान्डका रोरी बर्न्स र डम सिब्ली ओपनिङ ब्याटिङ गरिरहेका छन् ।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ । टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ । यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।
प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार