२०८० असोज ९ गते मङ्गलवार

संवैधानिक आयोगमा गरिएकाे नियुक्ती बदरकाे माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सभामुख सापकाेटा निकट स्रोतका अनुसार सभामुखको रिटमा बुधवार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी,संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए। संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?