२०८१ बैशाख ७ गते शुक्रवार

प्यारासिटामोलको ओभरडोजले कलेजोमा क्षति, थाहा पाउनुहोस् साइड इफेक्ट



एजेन्सी । प्यारासिटामोल जताततै पाइने पेनकिलर ड्रग हो जसको प्रयोग पीडाबाट राहत पाउनका लागि गरिन्छ ।

शरीरको तापक्रम कम गर्नका लागि पनि यो उपयोगी छ । यी सबै पेनकिलर्स र एन्टिसिकनेस औषधीमा उपलब्ध हुन्छन् । नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार साधारणतया कुनै व्यक्तिलाई २४ घण्टामा चार पटकसम्म यसको एक वा ५०० एमजीका दुईवटा ट्याबलेटसम्म दिन सकिन्छ ।

हुन त प्यारासिटामोल धेरैजसो मानिसहरुका लागि सुरक्षित मानिन्छ तर यो औषधीको ओभरडोजको खतरनाक साइड इफेक्ट हुनसक्छन् । नेशनल हेल्थ सर्भिस (इंगल्याण्ड) लाई विश्वास गर्ने हो भने यसको हेपाटोटाक्सिक डोज खाएको केही घण्टामा नै बान्ता हुने र असहज हुनेलगायतका समस्या बढ्न सक्छन् ।

हेपाटोटक्सिक एक मेडिकल टर्म हो जसमा ओभरडोजबाट हुने जटिलताका कारण कलेजो खराब हुनसक्छ ।

ओभरडोजबाट कसरी बच्ने ?

इन्टननेशनल हेल्थ केयर कम्पनी BUPA (ब्रिटिश यूनाइटेड प्रोविडेन्ट असोसिएशन) काम अनुसार प्यारासिटामोलको ओभरडोनको खतरा निकै सजिलै बढ्न सक्छ, किनभने विभिन्न प्रकारका औषधी र उत्पादनमा प्यारासिटामोल हुन्छ । विशेषगरी रुघा खोकी लाग्दा खाने वा फ्लूको औषधीको यो सजिलै पाइन्छ ।

विज्ञको सल्लाह अनुसार कुनै पनि औषधी खानुभन्दा अघि त्यसबारे राम्रोसँग थाहा पाउनुहोस् । तपाईंलाई थाहा हुनुपर्छ कि तपाईं कुनै पनि औषधीसँग कति प्यारासिटामोल खाइरहनुभएको छ । औषधीको पत्तामा लेखिएको जानकारीलाई राम्रोसँग पढ्नुहोस् र यदि तपाईंलाई केही कुरामा शंका लागेको छ वा कुनै जानकारी अस्पष्ट छ भने फर्मासिस्टलाई त्यसबारे पक्कै पनि सोध्नुहोस् ।

प्यारासिटामोलको ओभरडोजले हाम्रो कलेजो नष्ट पारिदिन सक्छ, जुन निकै घातक हो । त्यसैले ओभरडोजको समस्या हुँदा तत्काल उपचारमा ध्यान दिनुहोस् । पब्लिक हेल्थ इंगल्याण्डका (पिएचाई) का अनुसार एसिटाइलसिस्टिनमार्फत् प्यारासिटामोलको ओभरडोजको जोखिम कम गर्न सकिन्छ । पिएचईका अनुसार यसमार्फत् ओभरडोजको ८ घण्टाभित्र कलेजो बिग्रनबाट जोगाउनका लागि शत प्रतिशत प्रभावशाली छ ।

८ घण्टाको समय बितेपछि एसिटाइलसिस्टिनको प्रभाव निकै हदसम्म कम हुन्छ । एक सिमित समयभित्र मात्रै एसिटाइलसिस्टिनमार्फत् हेपेटोटाक्सिसिटीलाई सफलतापूर्वक रोक्न सकिन्छ । यत्तिका समय बितिसकेपछि बिरामीको स्थिति थप खराब हुनसक्छ ।

कसले खानुहुँदैन प्यारासिटामोल ?

हुन त प्यारासिटामोल लगभग सबै मानिसहरुका लागि सुरक्षित छ तर खराब स्वास्थ्यलाई ध्यानमा राख्दै केही मानिसहरुले यसको सेवनबाट बच्नुपर्छ । BUPA का अनुसार कलेजोको समस्यासँग जुधिरहेका मानिसहरुले प्यारासिटामोल खानुहुँदैन ।

BUPA का अनुसार यदि कसैलाई उच्च रक्तचापको समस्या छ भने घुलनशील प्यारासिटामोल नखानुहोस् जुन पानीमा घुल्ने गर्छ । यस्तो प्रकारको प्यारासिटामोलमा अत्यधिक मात्रामा नुन हुन्छ जसले तपाईंको रक्तचापलाई थप बढाउन सक्छ

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?