
धनगढी । साउथ स्टारर यश अभिनित बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’ १६ जुलाईमा रिलीज हुँदैछ ।
सोसल मिडियामा अभिनेता यशका फ्यानहरुले उक्त दिन राष्ट्रिय बिदा घोषणा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् ।
फिल्म प्रशानत नीलले निर्देशन गरेका छन् । पत्रमा लेखिएको छ “हामी सबैलाई थाहा छ यशको बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ । दर्शकहरु फिल्म हेर्न व्यग्र प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं ।
यो फिल्ममात्र हैन, यो हाम्रो भावना हो। हाम्रो भावना बुझ्ने प्रयास गरिदिनु होला ।” केजीएफ च्याप्टर २ लीड रोलमा अभिनेता यश र सञ्जय दत्त देखिनेछन् ।
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार