२०८० जेष्ठ १९ गते शुक्रवार

श्रीमतीको बैंक कार्ड चोरेर गर्लफ्रेण्डको जरिवाना तिरेपछि



काठमाडौं : एक जनाले आफ्नै श्रीमतीको बैंक कार्ड चोरेर गर्लफ्रेण्डको जरिवाना तिरेको खुलासा भएको छ ।

युएईको दुबईमा एकजना महिलाले आफ्नो क्रेडिट कार्ड चोरी गरेर कसैले आफ्नो क्रेडिट कार्डबाट रकम भुक्तानी गरेको उजुरी गरिन् ।

चोरी गरिएको कार्डबाट ट्राफिक जरिवाना तिरिएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि दुबई पुलिसले तत्कालै त्यस विषयमा छानविन सुरु गर्यो ।

प्रहरी अनुसन्धानपछि ती महिलाको क्रेडिट कार्डबाट ट्राफिक जरिवाना भुक्तान गर्ने मानिस अरु कोही नभएर उनकै पती भएको खुल्यो। पतीले आफ्नी गर्लफ्रेण्डको जरिवाना तिरेका थिए । उजुरीकर्ता महिला आफ्नो लोग्नेको अरु महिलासँग विवाहेत्तर सम्बन्ध रहेकोमा अनभिज्ञ थिइन् ।

साथै उनका लोग्नेकी गर्लफ्रेण्डलाई समेत ती पुरुष विवाहित भन्ने थाहा रहेनछ । -गल्फन्यूज डटकमबाट

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?