२०८० असोज ९ गते मङ्गलवार

शे-फोक्सुण्डो निकुञ्ज गर्याे जाडाे छल्न झरेका नागरिकसँग वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रण सम्बन्धि छलफल



डाेल्पा २१ माघ,
डाेल्पाकाे शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जाडाे छल्न बेशि झरेका उपल्लो डाेल्पाका नागरिक सँग छलफल गरेकाे छ ।
निकुञ्ज क्षेत्रमा बसाेबास गर्दै अाएका उनिहरुसँग अस्थायी बासस्थानमै पुगेर वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणका बिषयमा छलफल गरेकाे हाे ।
बुधबार ज्यालस भन्ने ठाउँमा फोक्सुण्डो (रिग्मो) बाट जाडो छल्न आएका स्थानीय बासिन्दा हरुलाई भेला गरि ” वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी समुदायस्तरीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको निकुञ्जका वार्डेन सराेजमणि पाैडेलले बताए ।
निकुञ्ज लाई शून्य चोरी शिकारी क्षेत्र बनाउन निकुञ्जले अभियाननै चलाएकाले यस अभियानमा स्थानीय नागरिककाे पनि महत्त्वपूर्ण याेगदान रहने पाैडेलले बताए ।
काेर क्षेत्रमा पर्ने रिग्मोमा विभिन्न बहानामा जिल्ला बाहिरका नागरिकहरु भित्रने र उनिहरुले पासाे थापेर वन्यजन्तुको सिकार गर्ने गरेकाे पाइएकाले त्यस्तो सुचना पाएमा तुरुन्तै निकुञ्ज लाई खबर गर्न अपिल गरिएको छ ।
तस्करहरु निकुञ्ज क्षेत्रका गाउँमा खाद्यान्न किनबेच गर्ने बहानामा आउने गरेको हुनाले निकुञ्ज लाई खबर गर्न कार्यक्रमबाटै अाग्रह गरिएकाे छ ।
कस्तुरी, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तुहरुको शिकार गर्नेलाई १५ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ ।
तस्करको सूचना दिने व्यक्तिलाई 50 हजार सम्म पुरस्कार दिने व्यवस्था गरिएको निकुञ्जले जनाएकाे छ ।
पशुपालनन व्यवसायनै जिविकाेपार्जनकाे प्रमुख अाधार रहेकाे उपल्लो डाेल्पामा वन्यजन्तु बाट हुने क्षतिको राहत दिन पशु बिमा कार्यक्रम शुरु गरिएको निकुञ्जको भनाइ छ ।
निकुञ्ज को प्राकृतिक सम्पदा डोल्पाली जनताको भएकोले यसको संरक्षणमा स्थानीयले महत्व पुर्ण भुमिका खेल्नु पर्ने बारेमा वार्डेन पाैडेलले बताए ।
त्यसैगरि कार्यक्रममा मन्तव्य राख्दै ईश्वरी बक्स गुल्मका गुल्मपति लेखनाथ कटवालले नेपाली सेना स्थानीय जनता सग सहकार्य गरेर निकुञ्ज को संरक्षण मा निरन्तर लाग्ने बताए ।
वडा अधयक्ष निमा लामाले र स्थानीयहरु बाैद्व धर्म मान्ने भएकाले चोरी शिकारी गर्न नहुने बताउँदै स्थानीय ले नभई बाहिर का मानिसहरु ले पासो थाप्ने गरेकोले सबै मिलेर नियन्त्रण गर्नु पर्ने बताए ।
विश्व वन्यजन्तु काेषका प्रतिनिधि चन्द्र जङ्ग हमाल ले पनि शे-फोकसुन्डाे राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको लागि महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणमा सबै लाग्नु पर्ने र स्थानीय जनताको समृद्धिकोलागि सधै सहयोग गर्ने बताए ।
कार्यक्रममा सम्पूर्ण सराेकारवाला निकायकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?