२०८० जेष्ठ १९ गते शुक्रवार

प्रचण्ड-माधव पक्षको भोलि आम हड्ताल



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले भोलि (बिहीबार) आम हड्ताल (नेपाल बन्द) गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक परिषद्को नियुक्ति गरेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले विरोधस्वरूप भोलि आम हड्तालको घोषणा गर्न लागेको हुन् ।

विरोधको कार्यक्रम घोषणा गर्नका लागि पार्टी कार्यालय पेरिसडाँडामा संघर्ष समितिको बैठक बसिरहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

‘अहिले संघर्ष समितिको बैठक बसिरहेको छ। बैठकले विरोधका कार्यक्रमको औपचारिक निर्णय गर्छ’ उनले भने।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?