२०८० मङ्सिर १३ गते बुधवार

आफ्ना उत्तेजक फोटो १८ वर्षका छोरालाई खिच्न लगाएको भन्दै अभिनेत्रीको आलोचना



काठमाडौं । अभिनेत्री एलिजाबेथ हर्ले विवादमा तानिएकी छिन् । उनले मंगलबार सामाजिक संजालमा आफ्ना केही टपलेस फोटो शेयर गरेकी थिइन् । हिउँमा खिचिएका यी तस्वीरहरु निकै उत्तेजक थिए ।

यी फोटोहरु शेयर गरिएसँगै उनले यी तस्वीर आफ्ना १८ वर्षका छोरा डेमियनलाई खिच्न लगाएको भन्दै आलोचना भएको हो । यद्यपि उनले यी तस्वीर छोरालाई खिच्न लगाएको भन्दै आलोचना बढेपछि स्पष्टीकरण दिएकी छिन् । तर, उनको स्पष्टीकरणले पनि अर्को

विवाद सृजना गरेको छ । उनले यी उत्तेजक तस्वीरहरु आफ्नी ८० वर्षकी आमाले खिचेको बताएकी छिन् । लगत्ते परिवारकै अगाडि नग्न पोज दिएको भन्दै उनको आलोचना बढेको छ । एलिजाबेथ बिकिनी र टपलेस पोज दिन हिच्किचाउँदिनन् ।

२०१८ मा एक अन्तरवार्ताको क्रममा उनले आफ्ना कैयौं बिकिनी फोटोहरु छोरा डेमियनले खिचेको खुलासा गरेकी थिइन् । एलिजाबेथले छोराले फोटोग्राफी पढ्दै गरेको र राम्रो फोटो खिच्ने भएकोले आफूले फोटो खिच्न लगाएको बताएकी थिइन् ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?