२०८१ बैशाख ८ गते शनिवार

म्याराडोनाको यौनलीला साथीहरुले बसेर हेर्थे तर उनलाई थाहा थिएन, मृत्युपछि भयो खुलासा



काठमाडौं । स्टार फुटबलर म्याराडोनाले आफ्ना यौनसाथीहरुसँग अन्तरंग क्रियाकलाप गर्दा साथीहरुले बसेर हेर्थे । यसको लागि उनको कोठाको एउटा भित्ताका ‘टु वे’ ऐना जडान गरिएको थियो ।

भित्रबाट ऐनामा हेर्दा आफ्नै परावर्तन देखिन्थ्यो तर बाहिरबाट हेर्दा यो सिसा पारदर्शी थियो । त्यही पारदर्शी सिसाबाट अर्को कोठामा बसेकाहरुले म्याराडोनाको यौनलीला हेर्थे । म्याराडोना स्वयंलाई भने त्यो ऐना बाहिरबाट पारदर्शी भएको थाहा थिएन । उनको मृत्यु भइसकेपछि मात्रै यसको खुलासा भएको छ ।

द सनमा प्रकाशित रिपोर्टअनुसार म्याराडोनाले आफ्ना करोडपति एजेन्टको अपार्टमेन्टमा सुन्दरीहरु लिएर गइरहन्थे । उनले श्रीमती क्लाउडिया भिल्लाफेनलाई धोका दिएर अरु युवती लिएर जान्थे । तर, उनलाई आफ्ना एजेन्ट गुइलेर्मो कोप्पोलाले काउचको पारिपट्टी पूर्ण आकारको ‘टु वे’ ऐना जडान गरेको थाहा थिएन ।

कोप्पोलालाई राम्रोसँग चिनेकी लेखिका न्यान्सी डुरेले एक अर्जेन्टिनी टिभीसँग कुरा गर्दै एकपटक कोप्पालाले आफूलाई त्यो गोप्य कोठा देखाएको खुलासा गरेकी छिन् । डुरेका अनुसार जब म्याराडोना कुनै युवतीसँग हुन्थे त्यतिबेला साथीहरु लिभिङ रुमको ऐनाको पछाडि लुकेका हुन्थे । उनले भनिन् ‘मलाई कोप्पोलाको घर थाहा छ । म कथाहरु लेख्न गएकी छु । कोप्पालासँग ठूलो कुर्सी थियो ।

सुविधायुक्त लिभिङ रुम थियो र कुर्सीको पछाडि पूरै भित्ता ढाक्ने ऐना थियो । एकपटक गुइलेर्मोले मलाई भनेका थिए पछाडि फर्क र अर्कोपट्ट के छ भनेर हेर ।ऐनाको अर्कोपट्टि हेर्दा खासमा त्यो ऐना थिएन । ठूलो टेबल थियो र धेरै कुर्सी थिए । उनले भनेअनुसार त्यहाँ कैयौं मानिसहरु बसेर अर्को कोठामा के भइरहेको छ हेर्थे ।’

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?