२०८० असोज ९ गते मङ्गलवार

यौन सम्बन्ध राखेको आरोपमा दुई पुरुषलाई सार्वजनिक रुपमा हानियो ७७ कोर्रा



काठमाडौं । इन्डोनेसियामा दुई पुरुषलाई यौन सम्बन्ध राखेको आरोपमा सार्वजनिक रुपमा कोर्रा प्रहार भएको छ । त्यहाँको रुढीवादी प्रान्त अचेइमा उनीहरुलाई ७७ पटक कोर्रा हानिएको हो । राजधानी बन्दा अचेइमा मानिसहरुको भीडकोबीचमा एक अधिकारीले कोर्रा हानेका हुन् ।

२७ र २९ वर्षका दुई पुरुषलाई पिठ्यूँमा कोर्रा हानिएको हो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए । सजायलाई केही बेरका लागि बीचमा राकेर यी दुईलाई पानी पनि खान दिइएको बताइएको छ । दुईमध्ये एककी आमा छोरालाई कोर्राले हानेको हेर्न नसकेर बेहोस भएकी थिइन् ।

उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ ।

त्यसै दिन एक महिला र पुरुषलाई निकै नजिक बसेको अवस्थामा भेटिएको भन्दै २० पटक कोर्रा हानियो । साथै अर्का दुई पुरुषलाई मदिरापान परेको आरोपमा ४० पटक कोर्रा हानियो । यो सँगै अचेईमा समलिङ्गी पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानिएको तेस्रो घटना हो ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?