२०८० मङ्सिर १३ गते बुधवार

रहस्यमय महिलाले यौनक्रिडा गरेर हतियारबन्द लुटेरालाई पुलिस आउँदासम्म अल्झाइन्



काठमाडौं । हतियारसहित लुट्न आएका लुटेरासँग यौनक्रिडा गरेर एक रहस्यमय महिलाले ती लुटेरालाई पुलिस आउँदासम्म अल्झाएकी छिन् ।

बुधबार स्लोभाकियाको ब्रातिस्लाभामा रहेको एक पेट्रोल स्टेशनमा हतियारसहित आएका लुटेराले त्यहाँका कर्मचारीलाई तर्साएर पैसा मागेका थिए । २४ वर्षका लुटेराले पसलका सहायकलाई मुक्का हानेपछि ती सहयोगी पछाडिको अफिसतर्फ भागेका थिए ।

टिएएसआर समाचार एजेन्सीलाई उद्धृत गर्दै द सनले लेखेअनुसार लगत्तै एक रहस्यमय महिला पछाडिको ढोकाबाट आइन् । ती महिलाले २४ वर्षका ती लुटेरासँग मुखमैथुन गर्न थालिन् ताकि लुटेरालाई कतै जानबाट रोक्न सकियोस् । त्यतिबेलासम्म एकजना स्टाफले पुलिसलाई फोन गरिसकेका थिए ।

पुलिस आउँदा ती लुटेरा र महिला दुवै भुइँमा नग्न अवस्थामा सुतेका भेटिएका थिए । ती महिला चेक रिपब्लिककी ३५ वर्षकी सोना भएको बताइएको छ । बाँकी विवरण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?