२०८० जेष्ठ २६ गते शुक्रवार

डोनाल्ड ट्रम्पको कानुनी टिमको सुरुमै गल्ती, सिनेटलाई दिएको जवाफमा देशकै नाम अशुद्ध



काठमाडौं ।  अमेरिकी पूर्व राष्ट्रपतिको नयाँ कानुनी टिमले ट्रम्पको पक्षबाट सिनेटमा गर्ने बहसको सुरुवातमै गल्ती गरेको छ । सिनेटलाई ट्रम्पको तर्फबाट पठाएको जवाफमा सम्बोधनमा ‘युनाइटेड स्टेट्स सिनेट’ लेख्नुपर्नेमा ‘युनाइट्स स्टेट्स सिनेट’ लेखेर पठाइएको छ ।

सिनेटले नै ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावउपर ९ फेब्रुअरीदेखि सुनुवाइ गर्दैछ । इन्डिपेन्डेन्टका अनुसार दस्तावेजमा कैयौं व्याकरणीय गल्तीहरु छन् । कैयौं चिन्हहरु छुटेका छन् । राष्ट्रपतिले पद त्याग गरिसकेपछि उनीमाथि महाअभियोग लगाउन नमिल्ने र उनले चुनाबको आलोचना गरेर आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरिरहेको दावी गरिएको दस्तावेजमा ‘टिष्ट्रिक्ट’को हिज्जे पनि बिग्रिएको छ ।

आइतबार ट्रम्पले २ जना नयाँ प्रमुख वकिलहरु नियुक्त गरेका थिए । पछिल्लो समय ट्रम्पको कानुनी टिमबाट पाँच जना वकिलहरु बाहिरिएपछि उनले २ जना नयाँ वकिल नियुक्त गरेका थिए । ट्रम्पको कानुनी टिमबाट यसअघि पनि गल्ती भएको थियो । उनीहरुले चुनाबमा धाँधली भएको भन्दै ६० भन्दा बढी मुद्दा हालेका थिए । तीमध्ये एकमा उनीहरुले मिशिगन राज्यमा भोटिङ मेसिनले गडबडी गरेको भनेका थिए जबकि मिशिगनमा भोटिङ मेसिन प्रयोग भएको थिएन ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?