
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा बुधबार विहान आयोजित शपथग्रहण कार्यक्रममा पुन सहभागी भएनन्। पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका पुन नेकपाको विवादले दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल पक्षमा देखिएका हुन् ।
केहीदिन अघिमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका केन्द्रीय परिषद संयोजक बाबुराम भट्टराई र पुनले उनकै निवासमा भेटवार्ता गरेका थिए । स्रोतका अनुसार बुधबार पनि प्रचण्डसँग सल्लाह भएपछि नै उनी शपथ ग्रहण कार्यक्रममा सहभागि नभएका हुन् ।
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार