२०८० असोज ९ गते मङ्गलवार

राजनीतिको प्रभाव : जहाँ जन्ती र मलामी समेत जाँदैनन् छिमेकी



भनिन्छ छिमेकी र गाउँले भनेका जिउँदाको जन्ती र मर्दाका मलामी हुन् । तर, बझाङको जयपृथ्वी नगरपालिका ११ पिठालेकमा भने त्यसको ठिक उल्टो भएको छ ।

यहाँका छिमेकी न विवाहमा जन्ती जान्छन न त मर्दा मलामी नै । स्थानीय निर्वाचनपछि यहाँका गाउँलेहरुमा राजनीतिक द्धन्द सृजना भएको छ। निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार लडे थापा र तत्कालिन एमालेका उम्मेदवार केशव रोकायाबीच प्रतिष्पर्धा भएको थियो ।

कडा प्रतिष्पर्धाकाबीच कांग्रेसका उम्मेदवार लडे थापालाई पराजित गर्दै थोरै मतले तत्कालिन एमालेका उम्मेदवार केशव रोकाया विजयी भए । स्थानीय निर्वाचन भएको ३ वर्ष बितिसक्दा पनि पिठालेक गाउँका गाउँलेहरुमा अझै निर्वाचनको प्रतिशोध मेटिएको छैन ।

स्थानीय निर्वाचन पश्चात राजनीतिक प्रतिशोधका कारण हालसम्म पनि गाउँका छिमेकीहरु एक अर्काको विवाहमा जन्ती र मर्दा मलामी समेत जान छोडेको जयपृथ्वी नगरपालिका ११ पिठालेकका धनराज थापाले बताए ।

उनले भने ‘निर्वाचन भएको लामो समय बितिसक्यो, हालसम्म पनि गाउँलेहरुमा अझै प्रतिशोधको भावना मेटिएको छैन ।’ फरक राजनिती आस्थाकै कारण विवाहमा बाजा बजाउने मान्छे समेत अर्कै गाउँबाट ल्याउने गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?