२०८० असोज ९ गते मङ्गलवार

शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्जले मनायाे विश्व सिमसार दिवस्,यस्तो छ सिमसार क्षेत्रकाे महत्त्व



डाेल्पा २० माघ,
नेपालकै सबैभन्दा ठुलाे शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्जले विश्व सिमसार दिवस विभिन्न कार्यक्रमका बिच सम्पन्न गरेकाे छ ।
प्रत्येक बर्ष फेब्रुअरी २ का दिन मनाइने बिश्व सिमसार दिवस पानी र सिमसार जीवनकाे अभिन्न अाधार भन्ने नाराका साथ निकुञ्जले सुलिगार्ड स्थित मुख्य कार्यालयमा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेकाे हाे ।
वन जङ्गल वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणकालागि निकुञ्ज भित्रका सिमसार क्षेत्रको संरक्षण गर्नु अपरिहार्य भएकाले सबैले सहयोग गर्नुपर्ने वार्डेन सराेजमणी पाडेलले जानकारी दिनुभयाे ।
निकुञ्ज क्षेत्रमा जथाभावी सडक लगायतका भौतिक पूर्वाधारहरु विना अध्ययन निर्माण गर्दा,फाेहाेर मैला,प्लास्टिक तथा सिसाहरु फाल्दा सिमसार जस्ता महत्वपूर्ण सम्पदाहरु नोक्सान हुने खतरा बडेकाे पाैडेलकाे भनाइ छ ।
निकुञ्ज भित्र पर्ने सन् २००७ मा रामसार सुचीमा सुचिकृत शे-फाेक्सुन्डाे तालकाे संरक्षणकालागि सबै एकजुट हुनुपर्ने कार्यक्रममा उपस्थित व्यक्तिहरुले जाेड दिएकाछन् ।

कार्यक्रममा मध्येवर्ती क्षेत्रका पदाधिकारी,प्रजिअ माधव प्रसाद ढकाल,नेपाल प्रहरीका डिएसपी राजु पान्डे,ईश्वरी बक्स गुल्मका गुल्मपति लेखनाथ कटवाल,शसस्त्र प्रहरीका डियसपी सन्ताेष वीर सिँह,सञ्चारकर्मी लगायतका जिल्ला स्थित सराेकारवाला व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

यस्ताे छ सिमसारको क्षेत्रकाे महत्त्व
सिमसारबाट प्राप्त हुने वातावरणीय सेवा सबैभन्दा महŒवपूर्ण रहिआएको छ । सिमसारले पानी सञ्चय गरेर राख्छ र स्वच्छ पानी उपलब्ध गराउँछ । यसले प्राकृतिक रूपमै पानी शुद्धीकरण गरी पिउनयोग्य बनाउँछ । अहिले बजारमा माछाको माग बढेसँगै उत्पादन पनि बढेको छ । विश्वका साढे तीन अर्ब जनसङ्ख्याले खाने चामलको उत्पादन पनि सिमसारबाटै हुने गरेको छ ।
सिमसारले बर्सेनि अर्बौं मूल्यबराबरको वातावरणीय सेवा प्रदान गर्दै आएका छन् । सिमसारले वनक्षेत्रभन्दा दुई गुणा बढी कार्बन सञ्चय गर्छन् । पृथ्वीमा रहेका ४० प्रतिशत जीवजन्तु सिमसारमा बस्ने तथा प्रजनन गर्ने गर्छन् । सिमसार विश्वकै दुर्लभ, बसाइँ सरी आउने र रैथाने प्रजातिका चरा, जीवजन्तु र वनस्पतिका आश्रयस्थल हुन् ।
नेपालका सिमसारमा हिउँदको समयमा झन्डै १०० प्रजातिका चलचरा बसाइँ सरी आउने गरेको पाइएको छ । नेपालले सन् २०१४ मा जैविक विविधता महासन्धिको सचिवालयमा पेस गरेको प्रतिवेदनअनुसार नेपालका सिमसारले २३० स्थानीय माछाका प्रजातिलाई संरक्षण प्रदान गरेका छन् । करिब ११७ प्रजातिका भ्यागुता, गोहीजस्ता उभयचर सिमसारमा पाइन्छन् । फूल फुल्ने वनस्पतिका २६ रैथाने प्रजाति र जङ्गली धानका पाँच प्रजाति नेपालका सिमसारमा पाइएका छन् ।
इकोसिष्टम (पर्यावरण चक्र)मध्ये सिमसार सबैभन्दा उर्वर इकोसिष्टम मानिन्छन् । सिमसार जीवजन्तुका अन्तिम आश्रयस्थल पनि हुन् । घाँस र पानीको अभाव हुने (पिन्च पिरियड) सुख्खा मौसममा वन्यजन्तु सिमसारमा केन्द्रित हुने गर्छन् । पानी र चरन सहज रूपमा उपलब्ध भएमात्रै वन्यजन्तुको दीर्घकालीन संरक्षण गर्न सम्भव हुन्छ । यसको उदाहरणका रूपमा सिमसार र गैँडाको सम्बन्धलाई लिन सकिन्छ । गैँडा अर्धजलीय (सेमी–एक्वाइटिक) वन्यजन्तु हो र उसको शरीरको बाक्लो छालाका कारण शरीरको तापक्रम सन्तुलनमा राख्न आफ्नो जीवनको करिक एकतिहाइ समय सिमसारमा बिताउने गर्छ । सिमसारमा पाइने घाँस, लेउ, झार गैँडाका आहाराका मुख्य स्रोत हुन् ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?