२०८१ बैशाख ७ गते शुक्रवार

एकल महिलालाई जवरजस्ती करणी गर्ने मुगुका एक जना पक्राउ



डोल्पा २० माघ,
डोल्पामा एकल महिलालाई जवरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुगु जिल्ला कार्मरङ्ग गाउँपालिका १ घर भई हाल डोल्पा जिल्लामा कपडा बिक्रिवितरण गर्दै हिँड्ने बर्ष ५३ का कार्म तामाङ्ग रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
तामाङ्गले त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुँ गाउँ बस्ने अन्दाजी बर्ष ४० की एकल महिलालाई बैंकबाट खाता खोलेर घर फर्कने क्रममा घोरबाडा जंगलमा हातपात गरि जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
सुचना पाएपछि प्रहरी चौकी लिकु र प्रहरी चौकी त्रिपुराकोट सहित भएर स्थानीयको सहयोगमा तामाङ्गलाई पक्राउ गरि जिप्रका ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान अगाडि बडाएको बताइएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?