२०७७ फाल्गुन २५ गते मङ्गलवार

लागु औषध सहित दुई पक्राउ



डाेल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय करवगार्डले जाजरकोटबाट डोल्पा लैजाँदै गरेको लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पश्चिम रुकुम चौरजहारी नगरपालिका–३ का २३ वर्षीय रेशम मल्ल र जाजरकोट भेरी नगरपालिका– ४ का २२ वर्षीय २२ को एकराज शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश ०२००१ प. ००४८ नं.क मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा प्रहरीले जाँच गर्दा कालो झोलामा लागु औषध भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हरिराज वाग्ले जानकारी दिए ।

पक्राउ परेका उनीहरूबाट नाइट्राभेट १३५ थान, बायोट्राम ३१४ थान, लिकफ ४८ थान बरामत भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । लागु औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय डोल्पामा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार