२०८० असोज ९ गते मङ्गलवार

डिफेन्डर माटिपले सिजनको बाँकी खेल गुमाउने



एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जोएल माटिपले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।

खुट्टाको चोट बोकेपछि सेन्टर ब्याक माटिपले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।

उनले खुट्टाको एन्कलको लिगामेन्टको चोट बोकेको बताईएको छ । २९ वर्षीय डिफेन्डरले टोटेनहमविरुद्धको खेलमा चोट बोकेका हुन् । उक्त खेलमा लिभरपुलले ३-१ को जित निकालेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?