२०८० असोज ७ गते आइतवार

डोल्पाका एक युवाले निशुल्क बाँडे १ सय २१ घरलाई ग्यास चुलो र सिलिण्डर



रामचन्द्र न्यौपाने
डोल्पा २० माघ,
हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाईनै ग्यास चुलो र सिलिण्डर बाँडेका छन् ।
ठुलिभेरी नगरपालिका वडा नं ३ दुनैमा बस्दै आउनु भएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १ सय २१ घरधुरीलाई ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेकाहुन् ।
व्यक्तिगत ९ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिण्डर र चुल्हो ल्यायर बितरण गरेको स्थानीय राजबहादुर बुढाले बताए ।
सदरमुकाम दुनै स्थित सरस्वती माध्यामिक बिद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका बुढाले जिल्लामै नमुना काम गरेकाले यस्तै दिर्घकालिन सोच राखेर अन्य युवाले पनि समाजसेवामा लाग्नुपर्ने बुढाको भनाई छ ।
दुर्गम क्षेत्रका महिलाहरुको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केहीहदसम्म भएपनि राहत मिलोस भन्ने उदेश्यले व्यक्तिगत रुपमा चुल्हो सहितको सिलिण्डर बितरण गरिएको युवा मन बुढाले बताए ।
घर व्यवहारले गाँगिएका महिलाहरुलाई साझपख खेतबारीबाट फर्केर आईसकेपछि अगेनो चुल्होमा कष्टका साथ खान पकाउन पर्ने अवस्था देखेर वितरण गरेको बुढाको भनाई ।
त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जंगलनै भएकाले स्थानीयको जंगलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए ।
“विश्वमा तीब्र रुपमा भईरहेको वन विनाशकै कारण जलवायु परिवर्तनका असरहरु दिनप्रतिदिन बड्दै गईरहेका छन्,वन जंगलको बड्दो विनाशले पृथ्वीमा सजिव प्राणीको अस्तित्व समेत धरापमा पर्न थालेको छ” बुढाले भने ।
“वन जंगल जोगाउन विद्युतिय चुलो,ग्याँस चुलो लगायतका इन्धनको वैकल्पिक स्रोत खोज्न आवाश्यक छ”बुढाले थपे ।
ग्यास चुल्हो सहितको सिलिण्डर पाएपछि तिप्ला गाउँका सर्वसाधारणहरु खुशीहुनुका साथै बुढालाई धन्यवाद समेत दिएका छन् ।
ग्याँसको प्रयोगबाट समय पनि बचत हुने र स्वास्थ्यलाई पनि कष्ट नहुने उनिहरुको भनाई छ ।

 

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?