२०७८ असार ६ गते आइतवार

२९ फागुनमा नेफ्टा फिल्म अवार्ड हुने



काठमाडौंँ । कोरोनाको कारण रोकिएको नेफ्टा फिल्म अवार्ड आगामी फागुनको अन्तिम साता आयोजना हुने भएको छ । आयोजक चलचित्र प्रबिधिक संघले फिल्म अवार्ड फागुन २९ मा आयोजना हुने जानकारी दिँदै टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने जनाएको छ ।

जसका लागि अवार्डको सहकार्यमा रहेको ड्रिम हाइ नेपाल प्राली र एलआईसीबीच सम्झौता समेत भएको छ । टाइटल सपोन्सरमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्युटी स्पोन्सरमा जोय पपाया र अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ । अवार्डको पर्यटन बोर्डले प्रवर्द्धन गर्नेछ ।

गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन सूची तयार पारिसकेको छ । माघ २४ गते काठमाडौंमा एक कार्यक्रमका बीच सूची सार्वजनिक गर्ने योजना आयोजकको रहेको छ ।

कोरोना महामारीपछि सुस्ताएको फिल्म क्षेत्रलाई थप चलायमान र सक्रिय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए । महामारीको कारण डुबानमा परेको फिल्म क्षेत्रलाई गतिशील बनाउने अवार्डमा सहयोगी भूमिका निर्वाह गर्न फिल्मकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई लामाले आग्रह पनि गरेका छन् । नयाँ पुरान, हिट फ्लप सबै प्रकारका फिल्मकर्मीको सहभागीता रहने बथाइएको अवार्डमा गायक गायिकाको समेत सांगीतिक प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार