२०८१ बैशाख ६ गते बिहिवार

विदेशिएका सन्तान र आमाको पीडामा ‘आशिर्वाद’



काठमाडौं । अभिनेत्री मिथिला शर्मा अभिनित फिल्म ‘आमा’ले यतिबेला युट्युव ट्रेनिङको शीर्ष स्थान कब्जा गरिरहेको छ ।

यस्तैमा शर्मा अभिनित म्युजिक भिडियो ‘आशिर्वाद’ समेत सार्वजनिक भएको छ । भिडियोमा हातमुख जोड्नकै निमित्त विदेशिएका सन्तान र उनकी आमाको कथा समेटिएको छ । सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिनाको मुख्य अभिनय छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । केतन क्षत्रीको स्वर, सुरज गैरे ‘बिबश’ र अशोककुमार तिमल्सिनाको शब्द रहेको गीतमा सुवास भुषालले संगीत दिएका छन् ।

भिडियोको निर्देशन पनि गीतकार अशोकले नै गरेका हुन् । राकेश महर्जन, रवि कँडेल र सनिश श्रेष्ठको छायाँकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?