२०८० चैत्र १६ गते शुक्रवार

नेपालमा क्यान्सर रोगबाट दैनिक ३७ जनाकाे मृत्यु हेल्थ



काठमाडौँ – नेपालमा क्यान्सर रोगबाट दैनिक ३७ जनाको मृत्यु हुने गरेको पाइएको छ।  आउँदो फ्रेवअरी ४ मा पर्ने विश्व क्यान्सर दिवसको सन्दर्भमा नेपाल क्यान्सर अबुर्द रोग निवारण सँस्थाले सोमबार पत्रकार सम्मेलन गरी नेपालमा दैनिक ३७ जना क्यान्सर पिडितको मृत्यु भैरहेको जनाएको हो ।

सो कार्यक्रममा बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले नेपालमा यो वर्षमा मात्रै १३ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्यांकले देखाएको बताए। उनका अनुसार नेपालको सन्दर्भमा यो वर्षमा मात्रै करिब २० हजार ५ सय ८ जना क्यान्सर बिरामी थपिएका छन्। भने विगत ५ वर्षको आवधिमा करिब ४३ हजार क्यान्सर पिडित पूर्ण रुपले निको भएका छन् ।

हाल नेपालमा करिब ५० देखि ६० हजारको हाराहारीमा क्यान्सर पिडित रहेको अनुमान छ। तथ्यांकले देखाए अनुसार विश्वभर गरेर हाल १ करोड ९२ लाख ९२ हजार ७२९ जना क्यान्सर पिडित रहेका छन् । जसमध्ये करिब ९९ लाख ५८ हजार १ सय ३३ जना बिरामीले ज्यान गुमाइसकेका छन् । प्रत्येक वर्ष फ्रेवअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको दिन उक्त सँस्थाले क्यान्सरसम्बन्धि जनचेतनामुलक विभिन्न कार्यक्रम संचालन गर्दै मनाउने गरेको छ।

यसपटक पनि सँस्थाले ७७ वटै जिल्लामा ‘म हुँ र म गर्छु।’ भन्ने नारामा आधारित रहेर विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने जानकारी गराएको छ । यसको साथै क्यान्सरका कारण ज्यान गुमाउनेहरुको चीरशान्तिको कामना र क्यान्सर पिडितको शिघ्र स्वास्थ्यको कामनाका लागि सो दिन दिपप्रज्वोलन गर्ने कार्यक्रम रहेको सँस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?