२०८१ बैशाख ८ गते शनिवार

नेपाल र कतारबीचको सिरिज स्थगित

सिरिज फेब्रुअरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ ।

 

नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा बाइल्याट्रल टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो ।

सिरिज फेब्रुअरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो ।

तर, कोरोनाको महामारी बढेसंगै कतार सरकारले स्पोर्ट्स डे स्थगित गरेपछि नेपालको कतार भ्रमण स्थगित भएको हो ।

कतार भ्रमणका लागि नेपालले बन्द प्रशिक्षणका लागि १८ सदस्सीय खेलाडी छनोट समेत गरिसकेको थियो ।

 

क्यानले सोमबारबाट तयारी समेत गर्ने बताएको थियो । यस्तै क्यानले अब टिमको प्रशिक्षण समेत अर्को सूचना नआएसम्मको लागि स्थगित भएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?