२०८० चैत्र १६ गते शुक्रवार

डोल्पा आउन कोरोना परिक्षण रिपोर्ट नचाहिने



डोल्पा १८ माघ,
हिमाली जिल्ला डोल्पा जानकालागि कोरोना परिक्षण रिपोर्ट नचाहिने भएको छ ।
लकडाउन खुकुले भए देखिनै जिल्ला भित्रने नागरिककालागि अनिवार्य गरिएको कोरोना परिक्षण रिपोर्ट आगामि मंगलबार देखि हटाउने निर्णय गरिएको हो ।
देशमा कोरोना भ्याक्सिन आईसकेको र कुनैपनि जिल्लामा कोरोना परिक्षण रिपोर्ट नखोज्ने भएकाले डोल्पामा पनि हटाइएको प्रजिअ माधव प्रसाद ढकालले बताउनुभयो ।
एकसाता यता देखि जुफाल विमानस्थलमा कोरोना परिक्षण रिपोर्ट ल्याए नल्याएको खासै वास्ता नगरिएको बताउँदै आगामि बीस गते देखि भने जिल्ला भित्रन रिपोर्ट नचाहिने निर्णयनै भइसकेको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
जिल्लालाई सुरक्षित राख्नकालागि हवाई र सडकमार्गबाट भित्रन नेगेटिभ आएको कोरोना परिक्षण रिपोर्ट खोजिएको र यो कदमलाई सबैले साथ दिएको ढकालको भनाई छ ।
यस अघि महंगो हवाई टिकेट सँगै दुई तीन हजार खर्च गरेर कोरोना परिक्षण गर्नुपर्दा सर्वसाधारण नागरिकहरु मारमा परेका थिए ।
जुफाल विमान्स्थल र खदाङ्ग नाकामा सर्वसाधारण नागरिकलाई बाहेक पहुँचवाला व्यक्तिालाई राम्रोसँग कोरोना परिक्षण रिपोर्ट नहेर्ने गरेको भन्दा पटक–पटक प्रहरी प्रशासनको बिरोध समेत भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?