
डोल्पा २ माघ
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तुको जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुक सहित पाँच जना पक्राउ परेकाछन् ।
चोरी शिकारी नियन्त्रण इकाईले त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मा पर्ने पहाडाबाट पाचैँ जनालाई पक्राउ गरि निकुञ्ज कार्यालय सुलिगार्डमा ल्याएको हो ।
स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ बस्ने मन बहादुर बुढा,चन्द्र प्रसाद बुढा,वडा नं ७ बस्ने गोकर्ण बुढा,चन्द्र केसी र सुर्य बहादुर बुढा रहेकाछन् ।
उनिहरुबाट दुई थान भरुवा बन्दुक,५० थान गोली,दुई डिब्बा बारुद,बारुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई वटा सिँङ्,कस्तुरीको दारा जस्तै देखिने छ वटा,बन्दुकको केपको बट्टा,संरक्षित वन्यजन्तु कस्तुरीको जस्तो देखिने दुई वटा खुट्टा ,पासोमा प्रयोग गरिने चौध थान तार लगायतका सामग्रीहरु बरामत गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिनुभयो ।
उनिहरुलाई पक्राउ गर्न प्रहरीले समेत सहयोग गरेको बताईएको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखि आवाश्यक अनुसन्धान प्रक्रिया अगाडि बडाईएको पौडेलको भनाई छ ।
निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल,ईन्सास राईफलका गोलीहरु पनि बरामद गरको थियो ।
भौगोलक कठिनाई,बिशाल भुगोल,न्यून जनशक्ति र अत्यधिक चिसोका बावजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिईरहेको छ ।
पछिल्लो समयमा (वनजङ्गल,वन्यजन्तु र प्राकृतिक सम्पदा) संरक्षणको लागि निकुञ्जले स्थानीय जनताहरुसंग समन्वयकारी खेल्दै आएको छ ।