२०८१ बैशाख ६ गते बिहिवार

नेपालमै कतै नमनाईने ‘छोरा’ तिहार कर्णालीबासीले यसरी मनाए



रामचन्द्र न्यौपाने
डोल्पा २ माघ
भाई तिहार सकिएको दुई महिना पछि आज कर्णालीबासीले छोरा तिहार पनि मनाएका छन् ।
नेपालमै कतै नमनाईने छोरा तिहार प्रत्येक बर्ष पौष शुक्ल द्धित्तीयका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणहरुले धुमधामका साथ मनाएकाहुन्् ।
शुक्रवार विहानै नुहाई धुवाई गरेर छोराहरुले आमाको हातबाट टिका थाप्ने प्रचलन रहेको छ ।
भाई टिका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा माला र सगुनको रुपमा घरमै बनाईएको सेलरोटी,फिनीरोटी,चिनिरोटी जस्ता परिकारहरु सहित छोरालाई टिका लगाउने प्रचलन छ ।
टिका सँगै छोरालाई दिर्घायु र प्रगतीको कामना गर्दै आर्शिबाद दिने गरिन्छ ।
छोराले पनि आमालाई दक्षिणाको रुपमा आफुसक्दो पैसा,धोती चोली लगाएतका कोशेली दिएर टिका थाप्ने गरिन्छ ।
आमा हातबाट टिका थाप्नकालागि जिल्ला बाहिर पुगेका छोराहरु पनि आजको दिन घर पुग्ने गर्दछन् ।
कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरुले टेलिफोनबाटै भएपनि आशिर्वाद लिने र आमाले पनि छोराकालागि बनाएको कोशेली छुट्यायर राखिदिने गरिन्छ ।
छोरा तिहारमा आमाको हातबाट टिका थापीसके पछि सम्पुर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरुमा पुगेर भाई टिकामा देउसी भने जस्तै भैलो खेल्ने प्रचलन छ ।
यसरी भैलो खेलेर उठेको रकमबाट धारा,पधेँरा,बाटो लगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट बनभोज जाने कार्यक्रम छ ।
आजको दिनमा महिलाहरु पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्कीला देउडा खेलेर रमाईलो गर्ने र एक अर्काको पिर ब्यथा साटासाट गर्ने गरिन्छ ।
डोल्पा लगायत कर्णालीका अन्य जिल्लाहरुमा मनाईने छोरा तिहार कर्णालीमा कतै पनि नमनाईने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायले बताउनुभयो ।

भाई तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उहाँले बताउनुभयो ।
यो भैलो तिहारको देउसी भन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ ।
भैलो खेलेर मागेको चामल,धान,पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वन भोज खाने प्रचलन रहेको समेत उपाध्यायले बताउनुभयो ।
छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठ मन्दिरहरुमा गएर पुजारीको हातबाट टिका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।
छोरो तिहारमा खेलीने भैलोको केही अंश यस प्रकारको छ ।
आउँशीया बार,भैलो
दरमुद बार,भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली,भैलो
बाँस भित्र,भैलो
आर्या न तार्या,भैलो
पिपलु पाती,भैलो
रायकी छाती,भैलो
बाखरी खानु,भैलो
त्यो बाखरी कसो सुवाला,भैलो
कसो सुवाला,भैलो
भैलो दिने घरीनाको एककान सुन छ,भैलो
एक कान मोती,भैलो
सुर्यकी ज्वती,भैलो
भेडो दिन्नन् डो¥याईए ल्याउला भैलो,घोडो दिन्नन चढि ल्याउला,त्यहीँ पर जाँउला पिरती लगाँउला भैलो
पिरतीका बार,भैलो
आकाश जरा,भैलौ,
पात्तला शिला,भैलो

 

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?