२०८० चैत्र ६ गते मङ्गलवार

शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक पक्राउ



डाेल्पा १ माघ
डाेल्पाकाे शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक जना पक्राउ परेकाछन् ।
चोरी शिकारी नियन्त्रण इकाईले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रमाबाट गत पुस २७ गते रातिकाे समयमा पक्राउ गरेकाे हाे ।
स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मीचन्द्र शाही रहेका रहेका छन् ।
निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा),१९ वटा गाेली,बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामत गरिएकाे निकुञ्जका वार्डेन सराेजमणि पाैडेलले जानकारी दिए ।
निजलाई हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बडाईएकाे निकुञ्जले जनाएको छ ।
निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, ईन्सास राईफलका गोलीहरु पनि बरामद गरिएकाे थियाे ।
भाैगाेलक कठिनाई,बिशाल भुगाेल,न्यून जनशक्ति र अत्यधिक चिसोका बावजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिईरहेको छ ।
पछिल्लो समयमा वन-जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणको लागि निकुञ्जले स्थानीय जनताहरुसंग समन्वयकारी भूमिकालाई प्राथमिकता दिएको छ!!

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?