२०८० चैत्र ६ गते मङ्गलवार

आगलागिले सखाप हुँदै डोल्पाको वन क्षेत्र,तालुक कार्यालय बेखवर



डोल्पा २९ पुष:
हिँउद लागेसँगै डोल्पाका सामुदायिक वन क्षेत्रहरुमा आगलागिका घटनाहरु बड्न थालेकाछन् ।
जिल्लाका सामुदायिक वन क्षेत्रहरु भिषण डढेलोले सखापहुन थालेका हुन् ।
ठुलिभेरी नगरपालिकामा पर्ने रहको परिलामा मंगलवारमात्रै सेनाको टोलीले भिषण आगलागि नियन्त्रणमा लिएको थियो ।
दुई दिन यता सदरमुकाम दुनै नजिकै पर्ने सन्तोषि माता सामुदायिक वनमा सुरु भएको भिषण आगलागि अझै नियन्त्रणमा आउन सकेको छैन् ।
ठुलिभेरी नगरपालिका वडा नं ३ मा पर्ने वन क्षेत्रमा फैलिएको आगलागिका कारण धुपी सल्लाका रुखहरु जलेर खरानी भएका छन् ।
आगलागि नियन्त्रण्मा लिनकालागि जिल्ला स्थित नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।
केही दिन अघि देखि सुरु भएको भिषण आगलागि दुनै पारिको जिल्ला अस्पताल र बस्तीतर्फ नफैलियोस भन्दै तीनवटै सुरक्षाकर्मी लागि परेको प्रजिअ ढकालले बताए ।
आगलागि कसले लगायो,के ग¥यो पहिचाहान भई नसकेको बताइएको छ ।
संरक्षण गरेर जोगाउन पर्ने जिल्लाका वनक्षेत्रहरु भिषण आगलागिले सखापहुन थालेपनि डिभिजन वन कार्यालय डोल्पाले चासो दिएको छैन् ।
वन क्षेत्र संरक्षणको तालुक निकाय भएपनि डिभिजन वनको भुभिका प्रभावकारी नभएको जिल्लाका सरोकारवाला निकायले बताएका छन् ।
बर्षेनी वन क्षेत्रमा हुने डढेलोका घटनाहरु न्युनिकरण गर्नकालागि समुदायस्तरमा जनचेतना फैलाउने किसिमका शन्देसमुलक सामग्रिहरु प्रकाशन प्रसारण गर्नुपर्ने उनिहरुको भनाई छ ।
पशुबस्तुहरुका लागि बर्खाको समयमा पलाउने हरियो घाँसका आसले डढेलो लगाउने गरेको स्थानीयको भनाई छ ।
आगलागिमा संलग्नलाई व्यक्तिलाई कानुन अनुसार कारवाही नगरेकै कारण यस्ता घटनाहरु बडिरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?