२०८० चैत्र ६ गते मङ्गलवार

कमजोर टेलिफोन सेवाले डोल्पाली नागरिक हैरान



रामचन्द्र न्यौपाने
डोल्पा १२ पुष:हिमाली जिल्ला डोल्पामा ल्यान्डलाईन,ईन्टरनेट तथा मोवाईल टावरले राम्रोसँग काम गर्न छोडेको करिब एक महिना पुग्न थाल्यो ।
दुर्गम जिल्लालाई सुगमसँग जोड्ने भरपर्दो माध्यमकको रुपमा रुपमा रहेको फोन तथा ईन्टरनेट सेवाले राम्रोसँग काम नगरेपछि नागरिकलै ठुलो हैरीनी खेप्नु परेको छ ।
जिल्लाका दुनै,जुफाल लगायतका ठाउँहरुमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा ईन्टरनेट सेवा कमजोर भएपछि नागरिकलाई हैरानी खेप्नु परेको हो ।
छिनमै देखिने,छिनमै हराउने र कुरै नबुझिने फोन तथा ईन्टरनेट सेवाका कारण एक मिनेट कुरागर्न पनि घण्टौ कुर्नुपर्ने सर्वसाधारणले बताए ।
मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भएपनि सुधारकालागि अझै प्रयास नभएको बताए ।
“सदरमुकाम दुनैकै फोन सेवा काम नलाग्ने भएको छ,बिसौँ पटक फोन डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ नत उतको नै डोल्पालीले ठुलो सञ्चार सास्ती खेप्नु परेको छ”रोकायले गुनासो गरे ।
दुनैको फोन सेवाले काम नगरेकै कारण फोनमै हुने कामकालागि आफु घण्टौ हिँडेर सदरमुकाम दुनै पुगेको उनले बताए ।
“पैसा भने काटिहाल्ने कुरा भने नहुने टावर हुनु भन्दा नहुनु नै बेस छ,बरु टावरनै राखिएको छैन भनेर त चित्त बुझाउन सकिन्छ”उनले नेपाल टेलिकम प्रति गुनासो पोखे ।
पटक–पटक अवरुद्ध भईराख्ने टेलिफोन टावर तथा जलविद्युतको को गुणस्तर सुधारकालागि जिल्लाका नेतृत्वहरु उदासिनहुँदा बारम्बार नागरिकले सास्ती खेप्दै आएको समाजसेवी ओमेन्द्र केसीले बताए ।
नेपाल टेलिकमको कमजोर सेवाकै कारण बर्षमा दर्जनौ पटक दुर्गमका नागरिकहरुले सञ्चारको समस्या भोग्दै आएको उनको भनाई छ ।
लामोसमय देखि गुणस्तर खस्केको टेलिफोन तथा ईन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैह्र सरकारी कार्यालयको सेवा प्रवाह समेत प्रभावित भएको छ ।
कमजोर सेवाका कारण हैरान भएपछि नागरिक,स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु आफै दुर सञ्चार कार्यालय धाउन थालेका छन् ।
”फोन तथा ईन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ,मिनेटमै हुने कामकालागि पनि घण्टौ कुरेर पनि हुँदैन्”डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पंज्ञानीले गुनासो गरे ।
जनताको विकास योजना सम्झौता देखि पेश्कि रकम निकासगर्न समेत हम्मेहम्मे परेको उनको भनाई छ ।
जिल्लामा बाँडिएको एडिएसल ईन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखाहरुमा भिँडभाँड लाग्ने गरेको छ ।
नयाँ खाता खोल्ने,चेक सटही गर्ने तथा बचत गर्ने लगायतका कामकालागि सर्वसाधारणको भिँड्भाँड लाग्ने बताईएको छ ।
ईन्टरनेटले काम नगरेकै कारण हप्तौ देखि नयाँ खाता खोल्ने फाईलहरु त्यतिकै थन्किएको सिटिजन्स बैंक दुनै शाखाका कर्मचारी धनगिरी फडेराले गुनासो गरे ।
बड्दो अनलाईन कक्षाका कारण प्रयोगकर्ताहरु बडेकै कारण डोल्पाको फोन तथा ईन्टरनेट सेवा कमजोर भएको दुर सञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ ।
नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगञ्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधारहुने आसा रहेको दुर सञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए ।
डोल्पाको टेलिफोन टावरको गुणस्तर सुधारकालागि जनताले सम्बन्धित निकायलाई माग समेत गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?